ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । आज सम्पन्न भएको मतगणनामा छ हजार १७९ मत प्राप्त गदै कांग्रेसका उम्मेदवार अमिर मादेन विजयी हुनुभएको हो । मादेनले नेकपा एमालेका निकटतम प्रतिस्पर्धी छत्रपति प्याकुरेललाई दुई हजार २८७ मतान्तरले पछि पार्दै प्रमुख पदमा विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । प्याकुरेलले तीन हजार ८९२ मत ल्याउनुभयो । त्यस्तै चार हजार २७७ मत ल्याएर नेकपा एमालेका उम्मेदवार भीमादेवी ओझा उपप्रमुख पदमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ । ओझाले प्रतिस्पर्धी माओवादी केन्द्रका बमबहादुर भट्टराईलाई ४३३ मतले पछि पार्दै विजयी हुनुभएको हो । भट्टराईले तीनहजार ८४४ मत प्राप्त गर्नुभएको थियो ।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026
हल्दिबारीमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान, ३५ प्रतिशतले लगाए खोप
September 25, 2026