‌हल्दिबारीमा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु

झापा । झापाको हल्दिवारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका– २ निवासी २१ वर्षीय सुकलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार हल्दिबारी पारखोपी सडकखण्डअन्तर्गत हल्दिबारी– २ स्थित रामलाल चोक नजिकै आइतबार साँझ ६ः१५ मिनेटमा मे ५ प २१६१ नम्बरको मोटरसाइकलले मे ६ प ४१०३ नम्बरको मोटरसाइकललाई पछाडिमा ठक्कर दिएको थियो । दुवै मोटरसाइकल पाराखोपीदेखि हल्दिबारी बजारतर्फ गइरहेका थिए ।

तीव्र गतिमा रहेको मे ५ प २१६१ नम्बरको मोटरसाइकलको पछाडि सवार राजवंशी गम्भीर घाइते भएको र उपचारको लागि ओम साई पाथीभरा हस्पिटल भद्रपुर पुर्याउदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सो मोटरसाइकलमा दुई जना सवार थिए भने अर्को मोटरसाइकलमा तीन जना सवार थिए । हल्दिबारी प्रहरी चौकीले दुवै मोटरसाइकलसहित अन्य चारजनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search