झापाली समाज साउदी अरवले शिक्षामा वार्षिक छात्रबृत्तिको लागि पाच लाख सहयोग

259 views

झापाली समाज साउदी अरवले शिक्षामा वार्षिक छात्रबृत्तिको लागि पाच लाख सहयोग गरेको छ । झापा को बिर्तामोडमा सम्पन्न कार्यकम मा उक्त रकम हस्तातरण गरीएको हो।

“गरिब, मेधावी र प्रतिभावान विद्यार्थीको शैक्षिक उन्नयनमा अविछिन्न सहयोग,झापाली समाजको प्रस्तुति शिक्षामा वार्षिक छात्रबृत्तिको लागि अक्षयकोष” भन्ने आशयका साथ गत अप्रिल १२ ,२०२४ मा सपन्न्न झापाली समाज साउदी अरब को दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक र शुभकामना आदानप्रदान कार्यक्रम मुताबिक कार्यक्रममा संकलित रकम ७००००० बराबरको अक्षयकोष स्थापना अनुरुप ५ लाख जेठ १५ गते झापाको बिर्तामोड कार्यक्रमका बीच झापाली समाज साउदी अरबियाका तर्फबाट संस्थापक अध्यक्ष मदन ओडारीले झापाली समाज युएसएका संस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानालाई चेक हस्तान्तरण गरेका थिए।बाकी २ लाख रूपैयाँ अन्य सामाजिक कार्य मा खर्च गरिने छ।
यो एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’ का लागि अभियान झापाली समाज अमेरिका हो र यसमा झापाली समाज साउदी अरब ले पनि २ जना विद्यार्थीको वार्षिक छात्रबृत्ति को लागी साथ दिएको हो। झापाली समाज साउदी अरव का अध्यक्ष रबिन गिरी ले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search