ओमसाई पाथिभरा हस्पिटलमा एमआरआइ मेसिन

128 views

भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले स्वास्थ्य जाँचमा प्रयोग हुने ‘एमआरआई मेसिन’ ल्याएको छ ।

चुम्बकीय प्रविधिमा आधारित ‘एमआरआई मेसिन’ जर्मनीबाट रु. १७ करोडमा ल्याएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए । मेसिन जडान गर्न एक साता लाग्ने र त्यसपछि नियमित प्रयोगमा ल्याइने उनले जानकारी दिए ।

ओमसाई पाथिभरा हस्पिटलले उपचार सेवालाई थप गुणस्तरीय, प्रविधियुक्त र विस्तारित गर्नका लागि १ अर्ब १५ करोड लगानी थप्ने योजना बनाएको अध्यक्ष पोखरेलले बताए ।

हाल एक सय शैयाको उक्त हस्पिटललाई आगामी एक वर्षाभित्र ३०० शैयामा विस्तार गर्नका लागि सरकारसँग २०० शैया थप्न अनुमति मागिसकेको उनले जानकारी दिए ।

डेढ दशकअघि सञ्चालनमा आएको हस्पिटलले आगामी आर्थिक वर्षको सुरुदेखि आँखा उपचारको विशिष्ट सेवा समेत प्रदान गर्ने भएको छ । यसका लागि ३५ करोड लगानी गरेर जाँच उपकरण ल्याइसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search