झापा । हल्दीबारी गाउँपालिका ५ आपढापस्थित नागदेवी धार्मिक स्थल विकास समितिले आयोजना गरेको श्रीमद् भागवत महापुराण धनधान्याञ्चल महायज्ञ को सम्पूर्ण आय व्यय सार्वजनिक गरिएको छ।
शुक्रबार बिहान ११ बजे बसेको मन्दिर व्यवस्थापन समितिको बैठकमा समितिका संयोजक चक्र बस्नेतले मिति २०८२ साल मंसिर २१ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको महापुराणमा भएको आम्दानी र खर्चको विस्तृत विवरण प्रस्तुत गरेका थिए। उनले रसिद, बिल, भरपाई तथा खातापाताको अध्ययनपछि तयार पारिएको प्रतिवेदन बैठकमा सार्वजनिक गरेका हुन्।
प्रतिवेदन अनुसार उक्त महायज्ञबाट कुल आम्दानी २५ लाख ४४ हजार २ सय ७६ रुपैयाँ संकलन भएको थियो। त्यसमध्ये ७ लाख ९४ हजार ५ सय ४८ रुपैयाँ विभिन्न शीर्षकमा खर्च भएको उल्लेख छ।
यसरी खर्च कटाउँदा महायज्ञबाट १७ लाख ४९ हजार ७ सय २८ रुपैयाँ बचत भएको संयोजक बस्नेतले जानकारी दिए। बचत रकम १७ लाख ४९ हजार ७ सय २८ रुपैया, पुराण समितिका सम्योजक चक्र बस्नेतले मन्दिर समितिका अध्यक्ष अम्बर बा. बिष्टलाई हस्तान्तरण गरेका छन ।
समितिले आम नागरिकप्रति पारदर्शिता कायम राख्दै आय व्यय सार्वजनिक गरिएको भन्दै स्थानीयले समितिको कदमको प्रशंसा गरेका छन्। पुरान समितिको संयोजक चक्र बहादुर बस्नेत ले मन्दिर समिति को अध्यक्ष अम्बर बहादुर बिष्ट लाई रकम र खाता हस्तान्तरण गरी मन्दिर समिति द्वारा पुराण समिती लाई उहाहरुको कामको उच्च सम्मान गर्दै, सम्मान पत्र र दोसल्ला सहित बिदाई गरेका थिए ।