झापाको भद्रपुरमा जवरजस्ती करणीको आरोपमा दुइ जना पक्राउ

झापा। झापाको भद्रपुरमा जवरजस्ती करणीको आरोपमा दुइ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नं. ५ निवासी २१ वर्षीय अक्षय सापकोटा र वडा नं. ३ निवासी २३ वर्षीय विवेक राइ रहेका छन । निजहरुलाइ गत मंसिर २७ गते  घरबाट हिँडी बेपत्ता भएका दुइ नावालिकालाइ मंसिर २९ गते फेला पारी ललाइ फकाइ गरी घर लगि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरीएको हो ।

Advertisement

जाहेरवालाका अनुसार मंसिर २८ गते भद्रपुर बजारमा मेला घुम्ने क्रममा प्रतिबादीहरू  सापकोटा र  राइले ललाइ–फकाइ गरी दुवै नाबालिकालाई अक्षय सापकोटाको घरमा लगेका थिए। पीडितका कथन अनुसार मंसिर २८ गते करिब १२.३० बजेको समयमा प्रतिबादीहरूले जाहेरवालाको नाबालिक बहिनी १५ वर्षीया साङ्केतिक नाम ब–१ र नाबालिका नातिनी १३ वर्षीया साङ्केतिक नाम भ–१लाई अक्षय सापकोटाको घरका छुट्टाछुट्टै कोठामा राखी जबर्जस्ती करणी गरेका थिए।

घटनासँग सम्बन्धित रूपमा प्रतिबादी विवेक राइले साङ्केतिक नाम ब–१ लाई करणी गरेको अभियोगमा पौष १ गते पक्राउ परेका छन् भने प्रतिबादी अक्षय सापकोटाले साङ्केतिक नाम भ–१ लाई करणी गरेको अभियोगमा आज   पक्राउ परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search