झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं ३ क ले सक्रिय कार्यकर्ताहरूको लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। चन्द्रगढी को होटल आनीमा भएको कार्यक्रमको क्षेत्र नं ३ क का अध्यक्ष पूर्ण रानामगर ले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन रहेका थिए।भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिका का करिब १५० जना कार्यकर्ता सहभागी भएको कार्यक्रममा भद्रपुर नगरपालिका कि उपमेयर राधा कार्की ले स्वागत मन्तव्य राखेकी थिइन्।केन्द्रीय सचिवालय सचिव रमानन्द न्यौपाने र प्रशिक्षण विभाग सदस्य खुश्बु अोलीले प्रशिक्षण दिएका थिए।चुनाव नजिकिँदै जाँदा के कसरी जनता माझ पुग्ने?? कसरी जित सुनिश्चित गर्ने भनि प्रशिक्षण दिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले यसपटक राप्रपा जसरी नि राष्ट्रिय पार्टी बन्नुपर्ने भन्दै त्यही अनुसार चुनावी गतिविधि बढाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए। कार्यक्रमको संचालन राप्रपा झापाका सचिव एवं भद्रपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष अभिशेक ढुंगानाले गरेका थिए।